नियम १८
स्रेस्तेदार र तहसिलदारको आदेश उपरको उजुरी
(१) यस नियमावली वा प्रचलित कानून बमोजिम स्रेस्तेदार वा तहसिलदारले दिएको आदेशउपर चित्त नबुझ्ने व्यक्तिले पन्ध्र दिनभित्र सम्बन्धित इजलाससमक्ष उजुरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको उजुरी सामान्यतया पन्ध्र दिनभित्र कारबाही किनारा गरिसक्नु पर्नेछ।

अदालतको कुनै कर्मचारीले गर्नु पर्ने काम नगरेमा वा ढिला गरेमा वा आलटाल गरेमा मर्का पर्ने व्यक्तिले प्रमुख भै काम गर्ने न्यायाधीशसमक्ष मौखिक उजुरीसमेत गर्न सक्नेछ ।

४ यस नियम बमोजिमको उजुरी उपर छानबिन गर्दा सम्बन्धित कर्मचारीले जानाजानी बद्‌ नियतपूर्ण कार्य गरेको देखिन आए प्रमुख भइ काम गर्ने न्यायाधीशले त्यस्तो कर्मचारी उपर सेवासम्बन्धी प्रचलित कानून बमोजिम विभागीय सजायको कारबाही प्रारम्भ गर्ने आदेश दिन सक्नेछ ।

छि